२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

images

  • २०८३ असोज ११, आइतबार
  • 186
    SHARES
  • कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

    काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट प्रभावितहरूलाई हस्तान्तरण गर्नुभएको हो ।

    प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सरसफाई सामाग्री संकलन गरी सहयोग प्रदान गरिएको हो ।

    विपद्को अवस्थामा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामाग्रीको आवश्यकता समेत महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकहरूको दैनिक जीवनलाई सहज हुने अभिप्रायका साथ उक्त सहयोग प्रदान गरिएको छ ।

    kamana-sewa-bikash-bank.jpeg
    Ksbbl
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ