२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गैँडा मारेको घटना छानविन गर्न समिति गठन

images

  • २०८० मंसिर २, शनिबार
  • 871
    SHARES
  • गैँडा मारेको घटना छानविन गर्न समिति गठन

    मङ्सिर २, चितवन : वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले २ वटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। 

    मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो। समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत हुनुहुन्छ। 

    उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताउनुभयो। घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उहाँले बताउनुभयो। आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ।

    राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो। गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए। ६ वर्षे गैँडा तीन दिन  र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ। 

    उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानविनको माग गरिएको थियो। नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न माग गरेको थियो। संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानविनको माग गरेका थिए। चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा र नेपालभर ७५२ गैँडा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ