२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वित्तीय अपराध नियन्त्रण र सुरक्षित बैंकिङका लागि कृषि विकास बैंकको ‘KYC सचेतना सप्ताह’ सुरु

images

  • २०८३ भदौ ३१, बुधबार
  • 276
    SHARES
  • वित्तीय अपराध नियन्त्रण र सुरक्षित बैंकिङका लागि कृषि विकास बैंकको ‘KYC सचेतना सप्ताह’ सुरु

    काठमाडौँ : कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण तथा ग्राहक सुरक्षालाई चुस्त बनाउने उद्देश्यका साथ साताव्यापी ‘ग्राहक पहिचान (KYC) सचेतना सप्ताह’ सुरु गरेको छ। “सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ्ग हाम्रो अभियान“ भन्ने नाराका साथ बैंकले यस अभियानको थालनी गरेको हो।

    अभियानको औपचारिक शुभारम्भ बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले गरे। काठमाडौँमा आयोजित उद्घाटन कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू र उपत्यका भित्रका शाखा प्रबन्धकहरूको भौतिक उपस्थिति थियो भने उपत्यका बाहिरका शाखा प्रबन्धकहरू प्रविधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

    कार्यक्रममा बोल्दै निमित्त कार्यकारी अधिकृत सुवेदीले आधुनिक बैंकिङ सेवालाई सुरक्षित र पारदर्शी बनाउन अद्यावधिक ग्राहक विवरणको ठूलो भूमिका रहने स्पष्ट पारे। समयमै KYC विवरण अद्यावधिक गर्दा प्रणाली पारदर्शी हुनुका साथै ग्राहक स्वयम् पनि सम्भावित वित्तीय ठगी र जोखिमबाट जोगिने उनको भनाइ थियो।

    नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार सञ्चालित यो जनचेतनामूलक अभियान भाद्र ३० गतेदेखि असोज ०५ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई पायक पर्ने शाखा कार्यालयमा पुगी आफ्नो KYC विवरण अद्यावधिक गर्न र सुरक्षित बैंकिङ अभ्यास अपनाउन आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ