२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पत्रकारको सुरक्षाका लागि बाँकेमा १० लाखको कल्याणकारी कोष स्थापना गर्ने निर्णय

images

  • २०८३ भदौ ९, मंगलबार
  • 426
    SHARES
  • पत्रकारको सुरक्षाका लागि बाँकेमा १० लाखको कल्याणकारी कोष स्थापना गर्ने निर्णय

    काठमाडौँ :  नेपाल प्रेस युनियन बाँकेले १० लाख रुपैयाँ राशिको ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने निर्णय गरेको छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सो अक्षयकोष खडा गर्ने निर्णय गरेको हो।

    युनियन बाँकेका अध्यक्ष कमल खत्रीका अनुसार समाचार सङ्कलनका क्रममा पत्रकारहरू जुनसुकै बेला दुर्घटना वा अन्य जोखिममा पर्न सक्ने भएकाले आपत्कालीन अवस्थामा राहत तथा सहयोग पुर्याउने मुख्य उद्देश्यले कोष स्थापना गरिएको हो। यसैबीच, एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक केशवराज कोइरालाले नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदबहाली तथा प्रमाणपत्र वितरण गर्नुभएको युनियनका सचिव भीष्म लोधले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ