२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढ्यो, एकै महिनामा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

images

  • २०८३ भदौ ५, शुक्रबार
  • 311
    SHARES
  • वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढ्यो, एकै महिनामा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

    काठमाडौं —: नयाँ आर्थिक वर्षको पहिलो महिना (साउन) मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउन महिनामा मात्रै कुल ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन्।

    विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको साउन महिनाको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको हो। गत वर्षको सोही अवधिमा ४४ हजार ४ सय ६६ जनाले मात्र श्रम स्वीकृति लिएका थिए।

    गत वर्षको तुलनामा यस वर्षको साउनमा २५ हजार ९ सय ७५ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ। नयाँ कामको खोजीमा विदेशिने र पुन: श्रम स्वीकृति (रि-एन्ट्री) लिएर जाने दुवै थरिका युवाको संख्या थपिएकाले कुल तथ्यांकमा ठूलो वृद्धि देखिएको हो।

    खाडी मुलुकहरू र मलेसियाका साथै पछिल्लो समय युरोपेली देशहरूमा समेत नेपाली श्रमिकको आकर्षण बढ्दै जाँदा साउन महिनामै वैदेशिक रोजगारीमा जानेको संख्याले नयाँ उचाइ लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ