२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अब अनलाइनबाटै स्वास्थ्य बीमाको केवाईसी अद्यावधिक र नवीकरण हुने

images

  • २०८३ भदौ ४, बिहीबार
  • 221
    SHARES
  • अब अनलाइनबाटै स्वास्थ्य बीमाको केवाईसी अद्यावधिक र नवीकरण हुने

    काठमाडौँ : स्वास्थ्य बीमामा आबद्ध हुन, नवीकरण गर्न तथा केवाईसी (KYC) विवरण अद्यावधिक गर्न अब दर्ता सहयोगी खोज्दै हिँड्नुपर्ने र लामो लाइन बस्नुपर्ने झन्झट हटेको छ। स्वास्थ्य बीमा बोर्डले बीमासम्बन्धी अत्यावश्यक सेवाहरू घरबाटै लिन सकिने गरी नयाँ विद्युतीय प्रणाली ‘एचआईबी ई-पोर्टल’ (HIB e-Portal) सञ्चालनमा ल्याएको छ।

    अब नागरिकले बोर्डको आधिकारिक वेब पोर्टल (eportal.hib.gov.np) मार्फत मोबाइल वा कम्प्युटर प्रयोग गरेर सहजै बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

    घरबाटै लिन सकिने मुख्य सेवाहरू:

    • नयाँ परिवार दर्ता : पहिलो पटक स्वास्थ्य बीमामा जोडिन चाहने परिवारले अनलाइन खाता खोलेर आफ्नो र परिवारका सदस्यहरूको विवरण (राष्ट्रिय परिचयपत्र वा नागरिकता अनुसार) दर्ता गर्न सक्नेछन्।

    • बीमालेख नवीकरण : बीमाको म्याद सकिएपछि नवीकरण गर्नका लागि अनलाइनमार्फत नै आवेदन दिन र तोकिएको योगदान रकम (प्रिमियम) विद्युतीय भुक्तानी (डिजिटल वालेट/कनेक्ट आईपीएस) बाटै तिर्न सकिनेछ।

    • विवरण अद्यावधिक (KYC Update) : बीमितको पुराना विवरण, नाम, ठेगाना वा फोटो सच्याउनुपरेमा घरमै बसेर केवाईसी अपडेट गर्न सकिने सुविधा दिइएको छ।

    • डिजिटल बीमा कार्ड : प्रक्रिया पुरा भएपछि बीमितले आफ्नो डिजिटल स्वास्थ्य बीमा कार्ड (HIB Profile) प्रणालीबाटै डाउनलोड गरी सुरक्षित राख्न सक्नेछन्।

    बोर्डका अनुसार राष्ट्रिय परिचयपत्र प्रणालीसँग समेत जोडिएको यो डिजिटल सेवाले बीमा प्रक्रियालाई थप पारदर्शी, छिटो र सर्वसाधारणका लागि सहज बनाउने विश्वास लिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ