२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त

images

  • २०८३ भदौ ३, बुधबार
  • 321
    SHARES
  • दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त

    काठमाडौँ : नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा दीर्घ रावललाई नियुक्त गर्ने निर्णय गरेको छ।

    स्रोतका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिपरिषद्समक्ष डेपुटी गभर्नर पदका लागि २ जनाको नाम सिफारिस गरेका थिए। उक्त सिफारिसका लागि अर्थ मन्त्रालयले केही हप्ता अघि राष्ट्र बैंकका १८ जना निर्देशकहरूसँग अन्तर्वार्ता लिएको थियो।

    यसअघि अर्थमन्त्री वाग्लेको सिफारिसमा किरण पण्डित डेपुटी गभर्नर नियुक्त भइसकेका छन् भने पछिल्लो निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको कोटाबाट रावल डेपुटी गभर्नर बनेका हुन्।

    नवनियुक्त डेपुटी गभर्नर रावल हाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुख (कार्यकारी निर्देशक) का रूपमा कार्यरत थिए। उनीसँग राष्ट्र बैंकको बैंकिङ सेवा तथा सुपरीवेक्षण क्षेत्रमा करिब २० वर्ष काम गरेको लामो अनुभव रहेको छ। बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन र सुपरीवेक्षणमा उनको व्यावसायिक अनुभवलाई ध्यानमा राख्दै सरकारले उनलाई सो जिम्मेवारी सुम्पेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ