काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज Seth ले प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको समेत सहभागिता रहेको थियो।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिने भ्रमणका लागि काठमाडौँ आएका सेनाध्यक्ष Seth ले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा धार्मिक कार्यक्रममा सहभागिता जनाएका छन्।
भ्रमणका मुख्य गतिविधिहरू :
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष Seth लाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ।
प्रधानसेनापति अशोकराज सिग्देल र सेनाध्यक्ष Seth बिच द्विपक्षीय भेटवार्ता भएको छ, जहाँ दुई देशबिचको सैन्य सम्बन्ध सुदृढ बनाउने र आपसी हितका विषयमा छलफल भएको थियो। सो क्रममा भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ।
सेनाध्यक्ष Seth ले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजाआजासमेत गर्नुभएको छ। भारतीय स्थल सेनाध्यक्ष Seth आफ्नो चार दिने भ्रमण सम्पन्न गरी भोलि स्वदेश फर्कने कार्यतालिका रहेको छ।