काठमाडौँ : रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरूका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।
योजनाको व्यवस्थापन गरिरहेको रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीहरूलाई करसहित ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो। यस दरअनुसार योजनाले कुल १० करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
बुकक्लोज सम्बन्धी जानकारी :
लाभांश वितरण प्रयोजनार्थ योजनाले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको मतलब भदौ ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका इकाईधनीहरू मात्रै यो प्रस्तावित लाभांश पाउनका लागि योग्य हुनेछन्।



