२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माण्डु हाइड्रोपावरद्धारा लाभांश घोषणा

images

  • २०८३ साउन २८, बिहीबार
  • 261
    SHARES
  • माण्डु हाइड्रोपावरद्धारा  लाभांश  घोषणा

    काठमाडौँ : माण्डु हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने cगरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को संयुक्त मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।

    लाभांश विवरण:

      • कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत का दरले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय भएको छ।

    • आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट :

      • चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरिएको छ।

      • यसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छ।

    वार्षिक साधारणसभा  :

    प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो १४ औँ तथा १५ औँ वार्षिक साधारणसभा एकैसाथ आयोजना गर्ने भएको छ।

    • मिति: आउँदो भदौ १७ गते

    • समय: बिहान १० बजे

    • स्थान: नेपा बैंक्वेट, नयाँबजार, काठमाडौं

    साधारणसभाबाट यी प्रस्तावहरू अनुमोदन भएपश्चात मात्रै शेयरधनीहरूले घोषणा गरिएको लाभांश प्राप्त गर्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ