२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ३० प्रतिशतले वृद्धि, ३८ करोडभन्दा बढी नाफा

images

  • २०८३ साउन २८, बिहीबार
  • 316
    SHARES
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ३० प्रतिशतले वृद्धि, ३८ करोडभन्दा बढी नाफा

    काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीका अधिकांश वित्तीय सूचकहरूमा सकारात्मक प्रगति देखिएको छ।

    मुख्य वित्तीय विवरणहरू :

    खुद नाफा : गत आर्थिक वर्षमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा १.६९ प्रतिशतले बढी हो।

    जीवन बीमा कोष : कम्पनीको जीवन बीमा कोषको आकारमा ठूलो फड्को आएको छ। समीक्षा वर्षमा जीवन बीमा कोष बढेर २५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो कोष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँमा सीमित थियो, जुन ३०.१७ प्रतिशतको वृद्धि हो।

    बीमाशुल्क आर्जन :

    गत आर्थिक वर्षमा कम्पनीले ८ अर्ब ९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ  जुन १५.४९ प्रतिशत वृद्धि हो।

    खुद बीमाशुल्क आर्जन ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन १६.१७ प्रतिशतले बढी हो।

    जगेडा तथा कोषहरू : कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ कायम भएको छ।

    प्रतिशेयर विवरण (EPS & Net वोर्थ ) :  प्रतिशेयर आम्दानी (EPS) मा पनि सामान्य सुधार आएको छ।  

    चुक्ता पुँजी : ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ ।

    प्रतिशेयर आम्दानी (EPS) :  ७.६५ रुपैयाँ ।

    प्रतिशेयर नेटवर्थ : ११२.६२ रुपैयाँ।

    मूल्य आम्दानी अनुपात (PE Ratio) : ४९.४९ गुणा ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ