२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

images

  • २०८३ साउन २७, बुधबार
  • 311
    SHARES
  • झिनो अंकले  बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौँ : अन्तिम समयमा आज बुधबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको हो। नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा बन्द भएको छ जसमा सेन्सेटिभ इण्डेक्स १.३९, फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक बढेको छ।

    नेप्से वृद्धि भएर बन्द भएपनि कारोबार रकम भने घटेको छ। कारोबारका आधारमा आज  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा ३१ करोड ६० लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँ तथा सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँको कारोबार भएको छ। 

    यस्तै, आज ३ सय ४८ कम्पनीको ४३ हजार ९ सय ९० पटकको कारोबार ८७ लाख १ हजार कित्ता शेयर किनबेच हुदै ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँ कारोबार भएको छ भने हिजो मंगलबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।

    आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ। हिजो मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि बजारमा कारोबार आएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ