२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनी विकास बैंकको खुद नाफामा २५२ प्रतिशतभन्दा बढीको छलाङ, वितरणयोग्य नाफा ६१ करोडभन्दा माथि

images

  • २०८३ साउन २१, बिहीबार
  • 686
    SHARES
  • लुम्बिनी विकास बैंकको खुद नाफामा २५२ प्रतिशतभन्दा बढीको छलाङ, वितरणयोग्य नाफा ६१ करोडभन्दा माथि

    काठमाडौँ : लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी, र प्रतिशेयर आम्दानीमा आकर्षक वृद्धि देखिएको छ।

    मुख्य वित्तीय विवरणहरू :

    खुद नाफा : अघिल्लो आर्थिक वर्षमा २४ करोड ११ लाख रुपैयाँ रहेको खुद नाफा समीक्षा अवधिमा २५२.९६ प्रतिशतले वृद्धि भई ८५ करोड १० लाख रुपैयाँ पुगेको छ।

    खुद ब्याज आम्दानी : बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

    सञ्चालन नाफा : सञ्चालन नाफा १०८.५० प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

    प्रतिशेयर आम्दानी (EPS :  बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा कायम भएको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ७७ करोड ८७ लाख रुपैयाँबाट घटेर १३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा ठूलो सहयोग पुर्याएको छ।

    वितरणयोग्य नाफा :

    खुद वितरणयोग्य नाफा : गत आर्थिक वर्षको असार मसान्तसम्म ४३ करोड १२ लाख रुपैयाँ रहेको छ।

    कुल वितरणयोग्य नाफा : अघिल्लो आर्थिक वर्षको सञ्चित नाफासमेत जोड्दा कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

    प्रतिशेयर वितरणयोग्य नाफा : अघिल्लो आर्थिक वर्ष ५ रुपैयाँ ९ पैसा रहेकोमा बढेर १६ रुपैयाँ ९९ पैसा पुगेको छ।

    अन्य वित्तीय सूचकहरू :

    चुक्ता पूँजी : ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ

    कुल इक्विटी (जगेडा कोष तथा सञ्चित नाफासहित) : ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ

    निक्षेप सङ्कलन : ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ

    कुल कर्जा प्रवाह : ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ

    कुल सम्पत्तिको आकार : ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ