२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, नयाँ सफ्टवेयर ‘आई’ सार्वजनिक

images

  • २०८३ साउन १९, मंगलबार
  • 661
    SHARES
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, नयाँ सफ्टवेयर ‘आई’ सार्वजनिक

    काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट लिडर तथा शाखाहरूको कदर गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम राजधानीको ग्वार्कोस्थित रोयल टुलिप होटलमा एक भव्य समारोहबीच सम्पन्न गरेको छ। देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने करिब एक हजारभन्दा बढी लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको यो कार्यक्रम उत्साह र आत्मगौरवले भरिपूर्ण थियो।

    डिजिटल रूपान्तरणतर्फ ऐतिहासिक कदम: भर्सन नेक्स्ट ‘आई’ सार्वजनिक

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीको नयाँ प्रविधिमा आधारित आई–सोलुसन प्रणाली सफ्टवेयर भर्सन नेक्स्ट ‘आई’ को औपचारिक शुभारम्भ गरियो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू र उच्च व्यवस्थापन टोलीले संयुक्त रूपमा यसको उद्घाटन गरे। आधुनिक प्रविधिमा आधारित यस प्रणालीले आगामी दिनमा सेवा प्रवाहलाई अझै छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने विश्वास लिइएको छ।

    त्यस्तै, कार्यक्रममा प्रस्तुत गरिएका ह्युमानोइड रोबोट र रोबोटिक डग ले आधुनिक प्रविधि र नवप्रवर्तनको उत्कृष्ट झलक दिँदै उपस्थित सबैको विशेष ध्यान खिचेका थिए।

    दिग्गज कलाकारहरूको मनोरञ्जनात्मक उपस्थिति

    समारोहलाई थप गरिमामय बनाउन कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय नेपाली हास्यव्यंग्यका हस्तीहरू हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ को विशेष उपस्थिति रहेको थियो। उनीहरूको प्रस्तुतिले हललाई संगीतमय र रमाइलो बनायो भने हास्य कलाकार सुन्दर खनालले आफ्नो प्रहसनमार्फत सहभागीहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे। साथै, विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले कार्यक्रमको रौनकतालाई अझै थपका थिए।

    विभिन्न विधामा उत्कृष्ट हुने ७ सय ८० जना सम्मानित

    उत्कृष्ट कार्यसम्पादन गरेर कम्पनीको प्रगतिका खातिर अहोरात्र खटिने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई यस अवसरमा विशेष सम्मान तथा पुरस्कार वितरण गरियो। कार्यक्रममा प्रमुख रूपमा उत्कृष्ट बनेकाहरूको विवरण यस प्रकार छ:

    • उत्कृष्ट शाखा (प्रथम बीमा शुल्क संकलन): बुटवल शाखा

    • उत्कृष्ट स्टार एजेन्सी म्यानेजर (प्रथम स्थान): भेषराज भट्टराई

    • उत्कृष्ट सिटिजन लिडर (प्रथम स्थान): नितेश श्रेष्ठ

    • सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता (प्रथम स्थान): गीता पौडेल

    • सर्वाधिक अभिकर्ता भर्ती (प्रथम स्थान): दिलबहादुर धामी

    भावी रणनीति र प्रेरणादायी सम्बोधन

    कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमुख बजार अधिकृत भूषण रिमालले कार्यक्रमलाई सम्बोधन गर्दै बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास र उत्कृष्ट कार्यसम्पादनको महत्त्वमाथि प्रकाश पारे। उनीहरूले सिटिजन लाइफलाई थप सशक्त, दिगो र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन सबैलाई एकजुट भएर काम गर्न आह्वान गरे। यस्ता सम्मान कार्यक्रमले उत्कृष्ट कार्य गर्ने लिडरहरूमा थप ऊर्जा थप्ने तथा नेपालमा गुणस्तरीय बीमा सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ