२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महुली लघुवित्तको नाफामा १० गुणा भन्दा बढीको फड्को, प्रतिशेयर आम्दानी ४९.८८ रुपैयाँ

images

  • २०८३ साउन १८, सोमबार
  • 2.9K
    SHARES
  • महुली लघुवित्तको नाफामा १० गुणा भन्दा बढीको फड्को, प्रतिशेयर आम्दानी ४९.८८ रुपैयाँ

    काठमाडौँ : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको नाफा तथा अन्य वित्तीय सूचकहरूमा अद्भूत सुधार देखिएको छ। समीक्षा अवधिमा संस्थाले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को १ करोड ७० लाख रुपैयाँको तुलनामा १०३६.४६ प्रतिशतको फड्को हो।

    संस्थाको सञ्चालन मुनाफा र व्यवसाय विस्तारको जग मानिने खुद ब्याज आम्दानीमा समेत निकै राम्रो वृद्धि भएको छ। अघिल्लो वर्ष २ करोड २३ लाख रुपैयाँमा सीमित रहेको सञ्चालन मुनाफा ११३५.०१ प्रतिशतले बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको ३५ करोड ५९ लाख रुपैयाँको तुलनामा ३९.७४ प्रतिशतले वृद्धि भई ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

    नाफामा आएको उच्च सुधारसँगै संस्थाका शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने क्षमतामा समेत उल्लेख्य बढोत्तरी भएको छ। समीक्षा वर्षमा संस्थाको वितरणयोग्य मुनाफा १६ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसअनुसार संस्थाको लाभांश क्षमता ४२.५८ प्रतिशत कायम भएको छ। यसले संस्थाको वित्तीय सबलता र लगानीकर्ताप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ।

    संस्थाको चुक्तापुँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको छ भने यसको सञ्चित कोषहरू पनि बलिया बनेका छन्। समीक्षा अवधिमा संस्थाको रिजर्भमा ३३ करोड ६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १६ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ। व्यवसाय विस्तारतर्फ संस्थाले ३ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा निकै माथि हो।

    प्रतिशेयर आम्दानी (EPS) र अन्य शेयर सूचकहरूमा देखिएको उत्साहजनक वृद्धिले लगानीकर्ताहरूलाई थप आकर्षित गरेको छ। अघिल्लो वर्ष ४.६० रुपैयाँमा सीमित रहेको वार्षिकीकृत EPS ह्वात्तै बढेर ४९.८८ रुपैयाँ कायम भएको छ। साथै, संस्थाको प्रतिशेयर नेटवर्थ २२७.९१ रुपैयाँ र पीई रेसियो (P/E Ratio) २४.४४ गुणा रहेको छ, जसले समग्र संस्थागत प्रगतिलाई उजागर गर्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ