२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अब अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाही

images

  • २०८३ असार २६, शुक्रबार
  • 461
    SHARES
  • अब अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाही

    काठमाडौँ : नेपालमा अनुमति नलिई ए-लेभल, सीबीएसई (CBSE), र आईबीडीपी (IBDP) जस्ता विदेशी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाहरूमाथि सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

    मन्त्रिपरिषद्को हालैको बैठकले विदेशी सम्बन्धनमा सञ्चालित शैक्षिक कार्यक्रमहरूको गुणस्तर सुधार्न र नियमनलाई थप प्रभावकारी बनाउन ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेसँगै शिक्षा तथा खेलकुद मन्त्रालयले यस व्यवस्थालाई कडाइका साथ लागू गर्न थालेको हो।

    मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार कतिपय संस्थाहरूले आवश्यक अनुमति नलिईकनै यस्ता कक्षाहरू चलाइरहेकाले उनीहरूलाई कानुनी दायरामा आउन सचेत गराइएको छ।

    यसैबीच, मन्त्रालयले बिनास्वीकृति विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूको बारेमा जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा सूचना उपलब्ध गराउन सरोकारवाला सबैसँग आह्वान समेत गरेको छ। उच्च शिक्षाको गुणस्तर बढाउने उद्देश्यका साथ ल्याइएको यस नयाँ नियमावलीले विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेका सबै कार्यक्रमका लागि नयाँ मापदण्ड तोक्ने मन्त्रालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ