२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ

images

  • २०८३ वैशाख ३०, बुधबार
  • 466
    SHARES
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ

    काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।

    सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कबाट वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरी काठमाडौं ल्याइएको हो। पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप लगाइएको छ।

    ललितपुरको मानभवनमा बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ