२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायबल नेपाल लाइफको बीमा कोष ३१.३८% ले बढ्यो, नाफा ४७ करोडमाथि

images

  • २०८३ वैशाख ३०, बुधबार
  • 701
    SHARES
  • रिलायबल नेपाल लाइफको बीमा कोष ३१.३८% ले बढ्यो, नाफा ४७ करोडमाथि

    काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले पहिलो ९ महिनामा ४७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन भएको थियो। यसरी नाफा ०.९९ प्रतिशतले बढेको देखिन्छ।

    इक्विटी संरचनामा कम्पनीको शेयर प्रिमियम १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ कायम छ भने महाविपत्ति कोष २७ करोड ६८ लाख रुपैयाँ पुगेको छ। रिटेन्ड अर्निङ ६८ करोड ३० लाख रुपैयाँ र अन्य इक्विटी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा महाविपत्ति कोषमा वृद्धि भए पनि रिटेन्ड अर्निङमा कमी देखिएको छ।

    जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भएको छ। चालु वर्षको चैतसम्म जीवन बीमा कोष १६ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष यही अवधिमा १२ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ मात्र रहेको थियो। यसरी जीवन बीमा कोषको आकार ३१.३८ प्रतिशतले बढेको छ।

    बीमाशुल्क आर्जनमा पनि कम्पनीले उल्लेख्य प्रगति गरेको छ। समीक्षा अवधिसम्म कुल बीमाशुल्क ४ अर्ब ६० करोड ९७ लाख रुपैयाँ आर्जन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८८ प्रतिशतले बढी हो। खुद बीमाशुल्क ४ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २५.१५ प्रतिशतले वृद्धि भएको हो।

    शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेर १२.०७ रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष ईपीएस १३.३८ रुपैयाँ थियो। कम्पनीको पीई रेसियो ३८.६१ गुणा र प्रतिशेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ