काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । काठमाडौंको कमलादिस्थीत प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकालले कार्यसमितिको निर्वाचनका लागि मतदान गर्नुुभएको छ ।
महासंघको ७३ पदाधिकारीका लागि १ सय ३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला र नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।
जिल्ला र नगर उपाध्यक्षका लागि ४ जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा २/२ जनाको उम्मेदवारी परेको छ । विभिन्न पदमा व्यवसायीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा तीव्र बनाएका छन् ।



