काठमाडौँ : श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितिसकेको छ भने समानुपातिकतर्फ पनि उल्लेखनीय मत प्राप्त गरेको छ। हालसम्म ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिले तीन लाख आठ हजार ६५६ मत पाएको छ, जुन कुल मतको करिब साढे तीन प्रतिशत हो। समानुपातिकतर्फ सिट पाउन तीन प्रतिशतभन्दा बढी मत आवश्यक हुने भएकाले पार्टीले यो सीमा पार गरिसकेको छ।
यसैबीच, श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४२ लाख, नेपाली कांग्रेसले १४ लाख, नेकपा एमालेले १२ लाखभन्दा बढी, र नेपाली कम्युनिष्ट पार्टीले ६ लाखभन्दा बढी मत हासिल गरिसकेका छन्।
प्रत्यक्षतर्फ श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई विजयी भइसकेका छन्। इलाम–१ मा पनि श्रम संस्कृतिका उम्मेदवार दोस्रो स्थानमा रहेका छन्।



