काठमाडौँ : सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको माघ २० गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।सो बैठकले कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ। बोनस शेयर वितरणपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ।



