काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक भएको बताउनु भएको छ ।
११औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि धेरै प्रकारका सरकारी संरचनाले गर्दा उद्योगी व्यवसायीले झञ्झट व्यहोर्नुपरेको बताउनुभएको हो ।
सरकारले औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधारु भन्ने नारासहित मंगलबार उद्योग दिवस मनाएको हो । भदौ २३–२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै ढकालले व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरको नीतिगत सुधारहरू सकारात्मक भएको उल्लेख गर्दै उहाँले भएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
यस्तै, अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनुपर्ने बताए ।उद्योग विभागले गत अजोज महिनामा एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२र८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको थियो ।



