२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनपीएलमा विराटनगरको विजयी सुरुवात, पोखरा ५३ रनले पराजित

images

  • २०८२ मंसिर २, मंगलबार
  • 776
    SHARES
  • एनपीएलमा विराटनगरको विजयी सुरुवात, पोखरा ५३ रनले पराजित

    काठमाडौँ : विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। विराटनगर किंग्सले दिएको २२१ रनको लक्ष्य पोखरा एभेन्जर्सले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र बनाएका थियो। 

    पोखराका लागि कुशल भुर्तेलले ५९ रन, एडम रोसिंगटनले  ३९ रन,डान डाउथवेटले २९ रन तथा  अभिषेक तिवारीले ११ बनाएका थिए भने भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्। बलिङमा विराटनगरका मार्स्याङ डि लाङग, सन्दीप लामिछाने, शुभम रन्जने र प्रतिश जिसीले समान २-२ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएका थियो। विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७२ तथा मार्टिन गुप्टिलले ६१ रन बनाएका थियो। यो रन एनपिएलकै सर्वाधिक रन स्कोर हो।

    विराटनगर किंग्सले पोखरा एजेभन्जर्सविरूद्ध २ ब्याटरको अर्धशतक बनाएका  छन्। साथै, शुभम रञ्जनेले ३८ रन, बसिर अहमदले २३ रन र नारायण जोशीले ११ रन बनाएका थिए। 

    बलिङमा पोखराका म्याट टेलरले सर्वाधिक २ विकेट तथा कुशल भुर्तेल, आकाश चन्द र सगर ढकालले समान १/१ विकेट लिएका थिए। यस्तै, आज भएको पहिलो खेलमा कर्णाली याक्समाथि चितवन राइनोजले ४ विकेटको जित हात पारेको हो।

    प्रतियोगितामा भोलि अपरान्ह ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ