२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको मूल्य दुई दिनमै तोलामा ८ हजारले उकालो

images

  • २०८२ कात्तिक २५, मंगलबार
  • 1.2K
    SHARES
  • सुनको मूल्य दुई दिनमै तोलामा ८ हजारले उकालो

    काठमाडौँ : सुनको मूल्य फेरि आकाशिने संकेत देखिएको छ । अघिल्लो दिन तोलामा २९ सय रुपैयाँले बढेको सुनको मूल्य आज दोस्रो दिन आज ४ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ५६ हजार ४ सय रुपैयाँ पुगेको छ ।

    आइतबार, सोमबार र मंगलबार दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढ्दै ३ हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा ५० रुपैयाँले बढ्दै तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ