२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन्स बैंक र केल्मी शोरूमबीच समझदारी, आकर्षक छुट पाउने

images

  • २०८२ कात्तिक १७, सोमबार
  • 1.1K
    SHARES
  • सिटिजन्स बैंक र केल्मी शोरूमबीच समझदारी, आकर्षक छुट पाउने

    काठमाडौँ : सिटिजन्स बैंक र ललितपुरको जावलाखेलस्थित केल्मी शोरूमबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीअनुसार बैंकका डेबिट र क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी शोरूम, जावलाखेलमा सामान खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

    बैंकले यस सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने र नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यका साथ समय–समयमा विभिन्न ग्राहकमैत्री सेवा तथा योजना सञ्चालन गर्दै आएको छ ।

    डिजिटल माध्यम हुँदै गरिने खरिदबापत उपलब्ध छुट तथा अन्य विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ