२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कात्तिक २७ गते 

images

  • २०८२ कात्तिक १७, सोमबार
  • 521
    SHARES
  • गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कात्तिक २७ गते 

    काठमाडौँ : गरिमा विकास बैंकले कात्तिक १७ गतेलाई लाभांश सुरक्षित गर्ने अन्तिम दिनको रूपमा तोकेको छ। बैंकले भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार आजसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र आगामी साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

    साधारणसभा पोखरामा

    बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा कात्तिक २७ गते बिहान ११ बजे पोखराको होटल पोखरा ग्रान्डमा आयोजना गर्नेछ। सभामा निम्न प्रस्तावहरू प्रस्तुत गरिनेछन्:

    - आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू छलफल गरी पारित गरिने।
    - हालको चुक्तापुँजीको ६% बोनस शेयर र ४.५३% नगद लाभांश (करसहित) वितरणको प्रस्ताव 
    - आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण।
    - अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव।

    संभावित मर्जर र प्राप्ति प्रक्रिया

    सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ। यसमा मूल्यांकनकर्ता नियुक्ति, सहमतिपत्र हस्ताक्षर, सम्पत्ति मूल्यांकन, नियमनकारी निकायसँग सहमति लिने लगायतका कार्यहरू समावेश छन्।

    नियमावली संशोधनको अधिकार

    यदि नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायबाट कुनै निर्देशन वा शर्तहरू आउँछन् भने, तिनको आधारमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ