सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको लुबुचे क्षेत्रमा आज बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। अल्टिच्युट एयरको हेलिकप्टर ल्यान्डिङको क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिँदै हेलिकप्टरमा कुनै यात्रु नरहेको र पाइलटको सकुशल उद्धार गरिएको बताइन्। दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उद्धारका लागि लुबुचे पुगेको थियो।
दुर्घटनाको थप विवरण संकलन भइरहेको छ भने सम्बन्धित निकायले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।



