काठमाडौँ : अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक भारतको इन्डियन चेम्बर अफ कमर्स (Indian Chamber of Commerce) द्वारा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममार्फत प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।
बैंकले सम्पत्ति गुणस्तर Assets Quality अन्तर्गत उल्लेखनीय सुधार र उपलब्धिका लागि तेस्रो इमेजिङ्ग एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स – २०२५ मा सम्मान प्राप्त गरेको हो। कार्यक्रम भारतको राजधानी नयाँ दिल्लीमा अगस्ट २९, २०२५ मा आयोजना गरिएको थियो ।
उक्त बैंकिङ कन्क्लेभ बिमस्टेकक्षेत्र अन्तर्गत सबैभन्दा प्रतिष्ठित मानिन्छ, जसमा भारत, नेपाल, श्रीलंका, म्यानमार, बंगलादेश लगायतका मुलुकका प्रमुख बैंकहरूको सहभागिता रहेको थियो ।



