२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नाइमा मोबिलिटी एक्स्पो

काठमाडौंमा आजदेखि 'नाइमा मोबिलिटी एक्स्पो, २०२५' सुरु

images

  • २०८२ साउन २१, बुधबार
  • 891
    SHARES
  • काठमाडौंमा आजदेखि 'नाइमा मोबिलिटी एक्स्पो, २०२५' सुरु

    काठमाडौँ : काठमाडौंमा आजदेखि नाइमा मोबिलिटी एक्स्पो, २०२५’को आयोजना हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले पहिलो पटक एक्स्पोको आयोजना गरेको हो । उक्त एक्सपो साउन २५ गतेसम्म सञ्चालन हुने छ ।

    एक्स्पोमा ५० वटा भन्दा बढी ब्राण्डले सहभागिता जनाउने र ३५ वटा नयाँ भेहिकलहरू सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । एक्स्पोमा दुई र चार पांग्रे १५ –१५ वटा र पाँचवटा कमर्सियल भेहिकलका नयाँ मोडलहरू सार्वजनिक गर्न लागिएको हो ।


    एक्स्पो नेपालकै ठूलो र महत्वपूर्ण एक्सपो बन्ने विश्वास व्यक्त गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूका् सहभागितामा प्यानल डिस्कसन गरिने बताइएको छ । ‘

    मोबिलिटी हिँजो, आज र भोलि’ नाराका साथ आयोजना हुने एक्स्पोमा टिकटबाट सङ्कलित रकमको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशीप प्रदान गरिने जनाइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ