२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अब बैंक धाउनु पर्दैन, सिद्धार्थ बैंकको 'इजि बैंक'ले दिन्छ यी सबै सुविधा

images

  • २०८२ जेठ ३०, शुक्रबार
  • 976
    SHARES
  • अब बैंक धाउनु पर्दैन, सिद्धार्थ बैंकको 'इजि बैंक'ले दिन्छ यी सबै सुविधा

    काठमाडौँ : नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्ग प्राप्त सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको सहजता र सुविधाका लागि आफ्नो मोबाइल बैंकिङ्ग एपमा ‘इजि बैंक’ लाई थप परिस्कृत र ग्राहकमैत्री बनाएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी यस बैंकले आफ्नो ग्राहकलाई लक्षित गरी एउटै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा दिने व्यवस्था ल्याएको छ ।

    खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाइसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई एकै ठाउँ राखिएको छ । उक्त मोबाइल बैंकिङ एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमै देखिने ‘इजि बैंक’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवाहरु देखिन्छन्, जसले ग्राहकलाई सहज र आफ्नो खाताबारे जानकार बनाइ राख्छ ।

    सबैभन्दा पहिले खाता विवरण देखिन्छ । ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत् आफ्नो बैंक खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्छन् । यसअन्तर्गत उनीहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेपजस्ता निक्षेपसम्बन्धी विवरणसँगै लिएको कर्जाको स्थिति, नन–फण्डेड कर्जाको विवरण र बैंकबाट जारी भएका सबै चेकको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सक्ने बैंकले जनाएको छ । यसले ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पु¥याउने बैंकले विश्वास लिएको छ ।

    दोस्रोमा रहेको छ, एपबाटै ऋण लिन सकिने व्यवस्था । अब ऋण लिनका लागि बैंक धाउनु पर्ने छैन् । मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाध्यता हटाउँदै एपमार्फत् नै ऋण लिने व्यवस्था मिलाएको हो । ग्राहकले इजि बैंक प्रयोग गरेपछि मोबाइल एपमार्फत् आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

    यस्तो रकम स्वीकृत हुने बित्तिकै ग्राहकले आफ्नो बचत खातामा प्राप्त गर्न सक्नेछन् । यसका साथै मर्चेन्ट क्युआर सञ्चालकहरुले पनि यसै एपमार्फत् नियमानुसार कर्जा प्राप्त गर्न सक्छन् । त्यस्तै, सिद्धार्थ बैंकको ‘इजि बैंक’ मोबाइल एपमार्फत् ग्राहकहरूले बैंकको शाखामा नगइकनै सजिलै क्रेडिट कार्ड ऋणको ईएमआइ सुविधा लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    ग्राहकको सेवा सुविधामा बैंक सँधै केन्द्रित छ । कुनै चेक हराएमा वा रोक्नुपरेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था मिलाइएको छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नुपर्ने भएमा यसैअन्तर्गत ब्लकको सुविधा लिन सकिनेछ। ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को बचत खातामा परिवर्तन गर्नुपरेमा यहीबाट हेर्न पाइने भएकाले अर्को कुनै निवेदन दिन आवश्यक छैन् ।

    सिदार्थ इजि बैंकले ‘अनलाइन केवाइसी अपडेट’ को व्यवस्था पनि मिलाएको छ । ग्राहक पहिचानसम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरिएको छ । यस सुविधामार्फत् ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेसा, ठेगाना, आम्दानीका स्रोतलगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्नेछन् । साथै, ग्राहकले शाखामा उपस्थित नभई यसै माध्यमबाट सुरक्षित र सहज रूपमा नम्बर पनि अद्यावधिक गर्न सक्नेछन् ।

    साथै, सो एपबाट ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन् । एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ्ग एपमा लिंक गरेर क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्नेछन् ।
    यो एप केबल मोबाइलमा मात्रै होइन, ल्यापटप तथा कम्प्युटरबाट पनि सञ्चालन र यसका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि बैंकको वेवसाइट मार्फत ‘लग इन्’ आइकन क्लिक गरी ‘इजि बैंक’ मा जान सकिन्छ । यसबाट अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ ।

    वेबमा के के छन् सुविधा ?

    यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ । वेबसाइटमा अकाउन्ट सभिर्स, कार्ड सभिर्स र डिम्याट सर्भिस गरी ग्राहकले विभिन्न अनलाइन सुविधाहरु एकै ठाउँमा लिन सक्छन् ।

    १) अकाउन्ट सर्भिस

    यस सेवा अन्तर्गत सिद्धार्थ इजि बैंकमा खाता खोल्ने, मुद्दति खाता खोल्ने, भिडियो बैंकिङ–अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणिकरण जस्ता सेवा उपलब्ध छन् ।

    ग्राहकले अनलाइनबाट खाता खोल्ने वित्तीकै उक्त खाता सक्रीय भएको हुँदैन । सम्भव भएसम्म एकपटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नैपर्छ । तर बैंकले अनलाइबाट खाता खोल्नेहरुका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको पनि सुविधा दिएको छ । उक्त सुविधा यसै एपमार्फत् प्रदान गर्ने बैंकले जनाएको छ । जसले अनलाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ । साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभई घरमै बसीबसी प्यान अपडेट गर्न सकिन्छ भने ग्राहक जानकारी प्रमाणीकरण अन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल पनि अनलाइन मार्फत् नै प्रमाणिकरण गर्न सकिन्छ ।

    २) कार्ड सर्भिस

    यस सेवा अन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्य लिएको छ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्था समेत गरेको छ । अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगि कनै घरैबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकले सुरुमा त बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ । सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यस्तै पहिले नै कार्ड लिइसकेका, तर म्याद सकिएका ग्राहकले पनि यस सेवा अन्तर्गत रहेर कार्ड नविकरण तथा प्रतिस्थापन समेत गर्न सकिने सुबिधा बैंकले दिएको छ । कार्ड नविकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि ग्राहकले त्यसरी छानेको शाखामै आइपुग्छ ।

    बैंकिङ्ग प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

    ३) डिम्याट सर्भिस

    यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो डिम्याट खाता खोल्न र सूचारु गर्न बैंकसम्म पुग्नुपर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । यसका निम्ति ग्राहकले बैंकको वेबसाइटमा गई (EasyBank>Demat Services >DematAccount) वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिंक (https://onlinedemat.siddharthacapital.com) मा गई आवश्यक विवरण भर्न सक्नुहुनेछ ।

    आइपिओमा आवेदन दिँदा सिआरएन नम्बर भुलेर कहिलेकाँही समस्या परिरहेको हुन्छ । सिद्धार्थ बैंकले यसै इजि बैंक मार्फत् आफ्नो सिआरएन नम्बर हेर्न मिल्ने बनाएको छ ।

    यसरी सहज रूपमा अनलाईन मार्फत् आवेदन दिन सकिने व्यवस्थाले ग्राहक स्वयम् बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने भएको छ । यसले मानिसहरुको अमूल्य समय मात्रै जोगाएको छैन, ग्राहकलाई थप सुविधा पुग्ने विश्वास पनि बैंक व्यवस्थापनले लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ