२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लक्ष्मी सनराइज बैंकले दश हजार विरुवा वृक्षारोपण गर्दै

images

  • २०८२ जेठ २७, मंगलबार
  • 421
    SHARES
  • लक्ष्मी सनराइज बैंकले दश हजार विरुवा वृक्षारोपण गर्दै

    काठमाडौँ : लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०-८१  को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनस् पुष्टि गरेको छ ।

    जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।

    कार्बन अकाउन्टिङ फाइनान्सियल पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ । मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २२,०१३.४२ टन  CO₂ बराबर  (tCO₂e) रहेको थियो ।

    पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् ।

    व्यापार कर्जा  : १(),२.३.४२
    परियोजना वित : (जलविद्युत बाहेक)  ७०५ .५६ tCO₂e

    गाडी कर्जा  :  १,५२८.९८ tCO₂e

    घर कर्जा  :  ९,४८५.४६ tCO₂e

    त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित  २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाई थप जोड दिएको छ ।

    सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापन जस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोणलाई प्रोत्साहन गर्दै आएको छ ।

    यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०००० रूख रोप्ने साहसी पहल मिसन १००००  पनि सञ्चालन गरेको छ । यस अन्गर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिसकिएको छ । यसले जलवायुप्रति बैंकको प्रतिबद्धतालाई वास्तविक मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ ।

    यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको छ । यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन रणनीतिको अभिन्न अंग बन्न गएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ