काठमाडौँ : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म (साउनदेखि चैत महिनासम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षाधीन अवधिमा २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशतले बढी हो।
महाविपत्ति कोष ३९ करोड १९ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ ४१ करोड १९ लाख रुपैयाँमा झरेको छ भने अन्य इक्विटी ४५ करोड ९९ लाख रुपैयाँमा पुगेको छ। कम्पनीको जीवन बीमा कोषमा ३९ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २३.९० प्रतिशतले वृद्धि भएको हो।
बीमाशुल्क आर्जनतर्फ हेर्दा, कम्पनीले ७ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यसमा खुद बीमाशुल्क ७ अर्ब ५१ करोड २२ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १७.०७% र १७.८५% ले बढेको हो।
कम्पनीको शेयर पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ७.८७ रुपैयाँ पुगेको छ, भने प्रतिशेयर नेटवर्थ १२५.४१ रुपैयाँ कायम छ। पीई रेसियो ५५.९० गुणामा रहेको छ।



