२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि हुने

images

  • २०८२ वैशाख ९, मंगलबार
  • 1.6K
    SHARES
  • कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि हुने

    काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। मंगलबार साँझ सम्पन्न बोर्ड बैठकले पूर्वनिर्धारित तालिका परिमार्जन गर्दै नयाँ मिति तय गरेको हो।

    पछिल्ला केही हप्तादेखि जारी शिक्षक आन्दोलनका कारण परीक्षाको सञ्चालनमा समस्या देखिएपछि बोर्डले मिति सार्नुपरेको हो। आन्दोलनका कारण शिक्षण कार्य प्रभावित भएको र परीक्षामा संलग्न कर्मचारी व्यवस्थापनमा चुनौती देखिएपछि अन्ततः परीक्षा सार्ने निर्णय लिइएको हो।

    यसअघि बोर्डले परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने अडान राखेको थियो। तर, शिक्षकहरुले सामेल नहुने घोषणा गरेपछि वैकल्पिक रूपमा निजामती कर्मचारी खटाउने तयारी गरिएको थियो। तर कर्मचारी युनियनले पनि शिक्षकका माग सम्बोधन गरी परीक्षा गराउनुपर्ने धारणा राखेपछि परीक्षा सारिएको हो। परीक्षा शान्तिपूर्ण र प्रभावकारी ढंगले सञ्चालन गर्न सबै पक्षलाई समन्वय र सहयोग गर्न बोर्डले आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ