काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने निश्चित भएको जनाएको छ। आज बिहान बसेको बोर्डको बैठकले परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय गरेको हो।
हालै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि परीक्षा मिति स्थगित हुने अड्कलहरू फैलिएका थिए। यद्यपि, बोर्डले ती अड्कललाई खण्डन गर्दै सबै परीक्षा केन्द्रहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ।
परीक्षा सञ्चालनका लागि देशभर रहेका परीक्षा समन्वय समितिमार्फत विद्यालयहरूलाई आवश्यक निर्देशन दिइसकिएको बोर्डले जनाएको छ।



