२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ४८ घण्टामा लोन अप्रुभल!

images

  • २०८१ चैत १४, बिहीबार
  • 1.4K
    SHARES
  • नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ४८ घण्टामा लोन अप्रुभल!

    काठमाडौँ : नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउने भएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो ।


    यो पेमेन्ट स्किमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरी डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्। नामी ईभी मोडेलहरूको लागि डाउनपेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँमा तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्टविना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउनेछ जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्ने गरी उपलब्ध हुनेछ ।

    कम्पनीका अनुसार सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरूमार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्दछ ।

    योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद अनुभव अझ आनन्द र सजिलो हुन्छ । फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि नजिकैको नामी शोरूम भिजिट गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ