काठमाडौँ : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। मिति २०८१ साल चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, प्रमुख-बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी र प्रमुख वित्तअधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गर्नु भएको हो । विदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारीहरु, आरोहअवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने शेयरधनी, नेपाल बीमा प्राधिकरण र अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८२ को अग्रीम शुभकामना समेत व्यक्त गर्नुभएको छ।
आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताउनु भयो। यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गर्नुभयो।



