२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images

  • २०८१ चैत ६, बुधबार
  • 721
    SHARES
  • नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौँ : आज  नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले चैत ७ गते बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्। साथै, यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    आगामी चैत १९ गते कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा ७६ औँ वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा अन्य वित्तीय विवरण पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ।

    साधारण सभाले कम्पनीको पूँजी संरचनासम्बन्धी केही महत्वपूर्ण प्रस्तावहरु पारित गर्नेछ। हकप्रद शेयर जारी गर्ने प्रक्रिया तथा बोनस शेयर जारी पश्चात पूँजी वृद्धिको विषयमा छलफल हुनेछ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका खर्च स्वीकृत गर्ने तथा नियामक निकायबाट आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावली परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ