२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन्स बैङ्क र वात्सल्य नेचुरल IVF बीच समझदारी, बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने

images

  • २०८१ फागुन १, बिहीबार
  • 731
    SHARES
  • सिटिजन्स बैङ्क र वात्सल्य नेचुरल IVF बीच समझदारी, बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने

    काठमाडौँ : सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र नारायण चौर, काठमाडौँ स्थित वात्सल्य नेचुरल IVF बीच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्ड बाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरल IVF मा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ । 

    बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैङ्कले केही समय अघि मात्र फोन पे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड ”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैङ्किङ एपमार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशै भरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १८ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ