काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान नेपालको तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो छाएको छ भने अन्य भूभागमा मौसम प्रायः सफा रहेको छ। मंगलबार दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा आंशिक बदली हुने सम्भावना रहेको छ। देशका अन्य स्थानमा मौसम खुला नै रहने महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु/कुहिरो लाग्न सक्ने सम्भावना छ। यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात र हवाई उड्डयनमा असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।



