२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल–चीन विश्वविद्यालय सहकार्य: शिक्षामा नयाँ आयाम

images

  • २०८१ पुस १५, सोमबार
  • 1.8K
    SHARES
  • नेपाल–चीन विश्वविद्यालय सहकार्य: शिक्षामा नयाँ आयाम

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता सम्पन्न भएको छ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङले सहमतिपत्र आदानप्रदान गरेका छन्।

    सम्झौताअनुसार, दुवै विश्वविद्यालयले भाषा शिक्षण, संस्कृति आदानप्रदान र अनुसन्धान कार्यसञ्चालनका क्षेत्रमा सहकार्य गर्नेछन्। साथै, बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना गरिनेछ।

    प्रधानमन्त्री ओलीको गत मंसिर १७ देखि २० गतेसम्मको चीन भ्रमणको क्रममा चिनियाँ भाषा शिक्षणमा स्वयंसेवक सहयोगसम्बन्धी समझदारी भएको थियो।

    सम्झौता समारोहमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच जनस्तरमा रहेका ऐतिहासिक सम्बन्धहरूलाई स्मरण गर्दै दुई देशका शैक्षिक तथा प्राज्ञिक सम्बन्धमा भएको सहकार्यप्रति खुशी व्यक्त गरे।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ