२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी पुस १७ देखि भृकुटीमण्डपमा

images

  • २०८१ पुस १४, आइतबार
  • 1.0K
    SHARES
  • दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी पुस १७ देखि भृकुटीमण्डपमा

    काठमाडौं : पठन संस्कृतिको विकास र शैक्षिक तथा बौद्धिक जनशक्ति उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ आयोजना हुँदैछ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा पुस १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी हुनेछ।

    महासंघका अध्यक्ष शिवसागर शर्माका अनुसार, "चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री" भन्ने मूल सिद्धान्तलाई आत्मसात् गर्दै प्रदर्शनी आयोजना गरिँदैछ।

    प्रदर्शनीमा नेपालसहित भारत, चीन र दक्षिण एसियाली क्षेत्रका विभिन्न राष्ट्रहरूका १ सय ५० भन्दा बढी स्टल र एक सय पचासभन्दा बढी प्रकाशक तथा उत्पादकहरूको सहभागिता रहनेछ। महासचिव विष्णुप्रसाद पौडेलका अनुसार पुस्तकहरूका साथै नेपाल र विश्वभर उत्पादित शैक्षिक सामग्री पनि प्रदर्शनमा राखिनेछ।

    3a24c4c1-313e-4b46-9c25-07c564200428-768x510.jpg

    अध्यक्ष शर्माले प्रदर्शनीले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको अवलोकन, आयात, निर्यात र विभिन्न देशका उत्पादकबीच सहकार्यलाई सहज बनाउने बताए। साथै, दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानलाई प्रोत्साहित गरी सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।

    प्रदर्शनीको अवसरमा नेपालसहित विभिन्न देशका शैक्षिक, सामाजिक, आर्थिक तथा विविध क्षेत्रका विज्ञहरूबीच छलफल, बहस र अन्तरक्रिया कार्यक्रम पनि गरिनेछ। प्रचार प्रसार समितिका सहसंयोजक पुरुशोत्तम दाहालले देशभरका २ हजारभन्दा बढी व्यवसायी र एक दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूले प्रदर्शनीमा सहभागिता जनाउने जानकारी दिए।

    यस प्रदर्शनीले शिक्षा र पठन संस्कृतिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

    WhatsApp-Image-2024-12-28-at-4.23.29-PM.jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ