२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

images

  • २०८१ पुस १२, शुक्रबार
  • 2.1K
    SHARES
  • भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले डा. सिंहसँगको संवादलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भनेका छन्, 'मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री तथा प्रतिष्ठित अर्थशास्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको खबरले स्तब्ध भएको छु।

    नेपाल–भारत सम्बन्धका आपसी हितका विषयमा उहाँसँग भएका संवाद सधैं स्मरणीय छन्। दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।'

    प्रधानमन्त्री ओलीले सिंहसँगको आफ्नो तस्बिर पनि फेसबुकमा साझा गरेका छन्, जसमा दुई देशबीचको सहकार्य र मित्रताको झलक देख्न सकिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ