२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा समृद्धि योजनाको इकाईमा आवेदन दिने अन्तिम दिन आज

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.6K
    SHARES
  • गरिमा समृद्धि योजनाको इकाईमा आवेदन दिने अन्तिम दिन आज

    काठमाडौं : गरिमा क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको पहिलो म्युचुअल फण्ड ‘गरिमा समृद्धि योजना’को इकाईका लागि आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन हो।

    यो योजनाअन्तर्गत गरिमा क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा ल्याएको छ।

    कुल इकाईमध्ये १४ प्रतिशत (१ करोड ४० लाख इकाई) गरिमा विकास बैंकलाई र १ प्रतिशत (१० लाख इकाई) गरिमा क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ।

    लगानीकर्ताले यो योजनामा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। बिक्री अवधिभित्र ५० प्रतिशत अर्थात् ५ करोड इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँट गरिनेछ। तर, न्यूनतम इकाई संख्या बिक्री नभएमा योजना खारेज गरी लगानीकर्ताको रकम १५ दिनभित्र फिर्ता गरिनेछ।

    यो बन्दमुखी योजनाको अवधि १० वर्षको रहेको छ। लगानीकर्ताले आफ्नो आवेदन बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्बा प्रणाली प्रयोग गरी वा मेरो शेयर प्लेटफर्ममार्फत् दिन सक्नेछन्।

    फण्डको बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आजभित्रै आवेदन दिएर यो अवसरको फाइदा लिन आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ