२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिद्धार्थ बैंकको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

images

  • २०८१ पुस १०, बुधबार
  • 1.6K
    SHARES
  • सिद्धार्थ बैंकको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    काठमाडौँ : २०५९ साल पौष ९ गते १७ औँ वाणिज्य बैंकको रूपमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो २२औँ स्थापना दिवस मनाएको छ। बैंकले नक्सालस्थित प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमका साथ आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    वार्षिकोत्सवलाई भव्य रूपमा मनाउन बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। साथै, १५ वर्षसम्म बैंकमा समर्पित योगदान दिएका कर्मचारीहरूलाई अभिनन्दन गर्दै सम्मान गरिएको छ।

    ग्राहकहरूको सुविधा र डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि, बैंकले “सिद्धार्थ बैंक २२औँ वार्षिकोत्सव अफर” सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूलाई विशेष सुविधा र लाभ प्रदान गर्ने योजना रहेको बैंकले जनाएको छ।

    सिद्धार्थ बैंकले २२ वर्षको आफ्नो यात्रामा ग्राहकहरूको निरन्तर साथ, विश्वास र समर्थनका लागि आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ