२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वेष्ट फाइनान्सको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images

  • २०८१ पुस १०, बुधबार
  • 1.6K
    SHARES
  • वेष्ट फाइनान्सको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ : वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ४ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार, सेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई दिइनेछ। कम्पनीले जानकारी दिएअनुसार, विद्यमान संस्थापक सेयरधनीले यो सेयर खरिद गर्न चाहने भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कमलादी, काठमाडौँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

    यदि उक्त समयभित्र कुनै आवेदन प्राप्त नभएमा, कम्पनीले ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ।

    यो सेयर बिक्री प्रक्रिया कम्पनीको स्वामित्व संरचना व्यवस्थापनका लागि भएको र संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिनुपर्नेलाई ध्यानमा राखेर अघि बढाइएको कम्पनीले स्पष्ट पारेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ