२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौं विश्वविद्यालयमा फेल भएका विद्यार्थी दीक्षित : छानबिन समिति गठन

images

  • २०८१ पुस ८, सोमबार
  • 1.4K
    SHARES
  • काठमाडौं विश्वविद्यालयमा फेल भएका विद्यार्थी दीक्षित : छानबिन समिति गठन

    काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) ले गत मंसिर २९ मा सम्पन्न दीक्षान्त समारोहमा फेल भएका केही विद्यार्थीहरू दीक्षित भएपछि छानबिन समिति गठन गरेको छ।

    स्कुल अफ म्यानेजमेन्टअन्तर्गत डिग्री नपुगेका र अध्ययन बीचमै छाडेका ८ विद्यार्थीको नाम ग्रेसलिस्टमा परेपछि यो कदम उठाइएको हो। यो घटनाको छानबिनका लागि स्कुल अफ ल का प्रा. डा. हृषिकेश वाग्लेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा पूर्व परीक्षा नियन्त्रक प्रा. डा. पन्ना थापा र पूर्व सह-परीक्षा नियन्त्रक वीरेन्द्रबहादुर लाखे सदस्य रहेका छन्।

    रजिस्ट्रार प्रा. डा. अच्युत वाग्लेले मानवीय त्रुटिका कारण यस्तो समस्या आएको र छानबिन समिति गठन गरेर आन्तरिक अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनका अनुसार, ग्रेसलिस्टमा नाम परेका विद्यार्थीहरूले प्रमाणपत्र भने प्राप्त गरेका छैनन्। त्रुटि सच्याउन ग्रेसलिस्ट परिमार्जन गरिनेछ।

    परीक्षा नियन्त्रक कार्यालयका अधिकृत सीएन खड्काले इन्ट्री प्रक्रियामा गल्ती भएको स्वीकार गरेका छन्। छानबिन समितिलाई एक साताभित्र प्रतिवेदन पेस गर्ने समय तोकिएको छ।

    सम्बन्धित विषयमा थप अनुसन्धानपछि त्रुटिहरू सच्याउने र आवश्यक कदम चालिने विश्वविद्यालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ