२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महुली लघुवित्तको एफपीओमा ३१ गुणा बढी आवेदन

images

  • २०८१ पुस ७, आइतबार
  • 1.3K
    SHARES
  • महुली लघुवित्तको एफपीओमा ३१ गुणा बढी आवेदन

    काठमाडौँ : महुली लघुवित्तको एफपीओ (फर्दर पब्लिक अफरिङ)मा ३१.०५ गुणा बढी आवेदन परेको छ। सीडीएसका अनुसार पुस ७ गते साँझ ५:०६ बजेसम्म १० लाख २२ हजार १ सय १५ जनाले १ अर्ब ४७ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। कुल १ करोड ४७ लाख ४१ हजार ७ सय २० कित्ताका लागि आवेदन परेको छ।

    कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। यस अन्तर्गत १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर निष्कासन गरिएको हो।

    एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। इच्छुक लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

    महुली लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ