काठमाडौं : ग्राहकहरूको सेवा थप सहज र सरल बनाउन नबिल बैंकले टोल-फ्री नम्बर सेवा सुरू गरेको छ। अब ग्राहकहरूले नेपाल टेलिकम र एनसेलको नेटवर्क प्रयोग गरी बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
यस सेवामार्फत ग्राहकहरूले खाता विवरण, लेनदेन जानकारी, प्राविधिक सहायता तथा अन्य बैंकिङ समस्याको समाधान सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
नेपाल टेलिकम प्रयोगकर्ताले १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताले १८१०२-१६२२४५ मा कल गरी यो सेवा लिन सक्ने व्यवस्था बैंकले गरेको छ। यो सेवा २४ घण्टा, सातै दिन उपलब्ध हुने छ, जसमा दक्ष प्रतिनिधिहरूले ग्राहकका समस्याहरूलाई शीघ्र समाधान गर्नेछन्।
४० वर्षदेखि ग्राहक–केन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको नबिल बैंक हाल देशभर २ सय ६८ शाखा र ३ सय २० एटिएम मार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले टोल-फ्री सेवाको माध्यमबाट ग्राहकसँगको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।



