२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अण्डाको मूल्य १५ रुपैयाँले वृद्धि, प्रतीक्रेट ५ सय रुपैयाँ

images

  • २०८१ पुस ५, शुक्रबार
  • 1.9K
    SHARES
  • अण्डाको मूल्य १५ रुपैयाँले वृद्धि, प्रतीक्रेट ५ सय रुपैयाँ

    काठमाडौं : अण्डाको मूल्य पुनः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्यमा १५ रुपैयाँ थप गरेको छ।

    संघको पुस ४ गते बसेको बैठकले नयाँ मूल्य तोकेको हो। यससँगै मध्यम किसिमको अण्डाको प्रतीक्रेट मूल्य ४ सय ८५ रुपैयाँ र ठुलो अण्डाको प्रतीक्रेट मूल्य ५ सय रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए।

    गत मंसिर २७ गतेको बैठकले मध्यम अण्डाको प्रतीक्रेट ४ सय ७० रुपैयाँ र ठुलो अण्डाको प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकेको थियो। एक सातामै पुनः मूल्यवृद्धि गरिएको हो।

    संघका अनुसार चितवनलाई आधार मान्दै पुस ५ गतेदेखि नयाँ बिक्री मूल्य लागू हुनेछ। संघले व्यवसायीलाई तोकिएको मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ।

    चितवनबाट लोड भएर देशभरका अण्डा बिक्री केन्द्रमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १ सय ४० रुपैयाँ लाग्ने संघले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ