२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माउन्टेन हाइड्रोको साधारण सभा पुस २४ गते हुने

images

  • २०८१ पुस ४, बिहीबार
  • 1.0K
    SHARES
  • माउन्टेन हाइड्रोको साधारण सभा पुस २४ गते हुने

    काठमाडौं : माउन्टेन हाइड्रो नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा आगामी पुस २४ गते बुधबार आयोजना गर्ने भएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

    सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश नगरिएको कम्पनीले जानकारी दिएको छ। साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने विषयहरूमा निर्णय गरिनेछ।

    साथै, सञ्चालक समितिको निर्वाचन गर्ने र अन्य जलविद्युत आयोजनासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छलफलका लागि पेश गरिनेछ।

    सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि शेयरधनी पुस्तिका बन्द (बुक क्लोज) गर्ने जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ